राष्ट्रिय सभा निर्वाचनमा सबैभन्दा धेरै मतदाता मधेश प्रदेशमा

Sharing is caring!

पुस २२, २०८० । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आइतबार सातवटै प्रदेशको अन्तिम मतदाता नामावली प्रकाशन भएको छ ।

निर्वाचन आयोगको प्रदेश निर्वाचन अधिकृतको कार्यालले प्रकाशन गरेको नामावली अनुसार निर्वाचनमा २०४७ जनाले मतदान गर्ने उल्लेख छ । अन्तिम मतदाता नामावली अनुसार प्रदेशसभा सदस्य ५४९ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १४९८ जनाले मतदान गर्ने भएको आयोगका सहसचिव एवम प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार सबैभन्दा धेरै मतदाता मधेश प्रदेशमा छ । मधेशमा प्रदेशसभा सदस्य १०७ जना र स्थानीय तहका प्रमुख र उपप्रमुख २६७ जनागरी कुल ३४७ जना मतदाता रहेका छन् ।

त्यस्तै कोशीमा ९३, बागमतीमा ११०, गण्डकीमा ६०, लुम्बिनीमा ८७, कर्णालीमा ४० र सुदूरपशिम प्रदेशमा ५२ गरेर कुल मतदाता संख्या ५४९ रहेको छ । आयोगका अनुसार कुल मतभार भने ५७ हजार ५५९ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *