एमाले संसदीय दलको बैठक बस्दै

Sharing is caring!

माघ २०, २०८० ।  नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्ने भएको छ । शनिबार बानेश्वरमा सुरु हुने बैठक आइतबार पनि बस्ने छ ।

आज र भोलि दुई दिन बस्ने बैठकमा आगामी संसद्मा एमालेले खेल्ने भूमिकाबारे बृहत रुपमा छलफल हुने सचेतक महेश बर्तौलाले जानकारी दिए । अबको संसद् कसरी प्रभावकारी बनाउने, सदनमा पार्टीका सांसदले कस्तो भूमिका निर्वाह गर्ने भन्नेलगायतका विविध विषयमा एमालेले छलफल गर्न लागेको हो ।

संसद्को हिउँदे अधिवेशन यही माघ २२ गते दिउँसो ४ बजेका लागि आह्वान भएको छ । यही माघ २४ गते प्रतिनिधि सभामा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । त्यसअघि एमालेको संसदीय दलको बैठक बस्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *