यू–१९ विश्वकपमा भारतले नेपाललाई दियो २९८ रनको लक्ष्य

Sharing is caring!

माघ १९, २०८० । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’को दास्रो खेलमा भारतले नेपालसामु जितका लागि दुई सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ राजेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर दुई सय ९७ रन बनायो ।भारतका लागि सचिन दासले एक सय १६ रनको सतकीय पारी खेले । त्यस्तै, प्रियांशु मोलियाले १९ रन, आर्सिन कुलकर्णीले १८ रन, कप्तान उदय शरणले एक सय रन बनाए ।

नेपालका लागि नेपाली टोलीका बलर गुल्सनले तीन र आकाश चन्दले एक विकेट लिए । नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ । चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान उदय शरणले पनि टोलीको

यसअघि ‘सुपर सिक्स’ चरणको आफ्नो पहिलो खेलमा नेपाली टोली अर्को टेस्ट राष्ट्र बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो । नेपाली टोली जारी विश्वकपको उपाधि होडबाट भने यसअघि नै बाहिरिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *