सरकारले नै सदन चलोस भन्ने चाहेको छैन् : एमाले सचेतक बर्तौला

Sharing is caring!

साउन १६, २०८० । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारले नै संसद चलोस भन्ने नचाहेको आरोप लगाएका छन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले सरकारले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने एमालेको माग अस्वीकार गरेकै कारण सदनको गतिरोध लम्बिएको आरोप लगाए ।

उनले सदन सूचारु गरेर एमालेले आफ्नो धारणा राख्ने र सम्बन्धित मन्त्रीहरुको जवाफका आधारमा आगामी कदम चाल्ने तयारी गरेपनि सरकार पक्ष नै सूचना टाँसेर सदन चल्न नदिने पक्षमा देखिएको आरोप लगाए ।

कार्यव्यवस्था परामर्श समितिमा पनि कुनै पनि हालतमा उच्चस्तरीय छानबिन समिति नबनाउने अडान सरकार पक्षले राखेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *