राहुल गान्धीले पार्टीको हार स्वीकारे, प्रधानमन्त्री मोदीलाई दिए बधाई

Sharing is caring!

जेठ ९, २०७६ । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले लोकसभा चुनावमा पार्टीको हार स्वीकार गरेका छन् ।

उनले चुनावमा जित हात पारेकोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।

बिहीबार साँझ नयाँदिल्लीमा पत्रकार सम्मेलन गरेर गान्धीले जनता मालिक भएकाले आज आदेश दिएको बताए ।

विचारधाराको लडाई जारी रहेको भन्दै पार्टीका नेता र कार्यकर्तालाई विचलित नहुन आग्रह गरे ।

राहुल आफैं अमेठीमा भारतीय जनता पार्टीका उम्मेदवार स्मृती ईरानीसँग पराजित भएका छन् । तर, केरलाबाट लोकसभा चुनाव जितेका राहुलले कांग्रेस हारको जिम्मेवारी आफूले लिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *