सांसदहरु रबर स्ट्याम्प होइनन् : सांसद पराजुली

Sharing is caring!

भदौ १२, २०८० । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकारले सांसदहरुलाई रबर स्ट्याम्पको रुपमा उपयोग गरेर विधेयक पास गराउँने प्रयास सफल हुन नसक्ने बताएका छन् ।

आज प्रतिनिधि सभाको बैठक पश्चात उनले संशोधनको लागि आएको एकमुष्ट विधेयक विकृती र आफैमा आपत्तिजनक भएको भन्दै स्विकार गर्न नहुने बताए ।

उनले भने, हामीले सत्ता पक्षका सांसदहरुलाई पनि आग्रह गरेका छौ, यस्तो देश र जनताको अहितमा आएका विधेयकहरुलाई स्विकार गर्नु हुदैँन् । यसरी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा छिराएर यस्तो देशद्रोही कानून सांसदहरुलाई रबर स्ट्याम्पको रुपमा उपयोग गरेर पास गराउँने प्रयास गर्नुभएको छ यो कदापी हुने छैन् । यो विधेयक आफैमा आपत्तिजनक छ । यो एकमुष्ट आएको विधेयक विकृती हो । उनले राजनीतिसँग जोडेर गरेका जस्तोसुकै अपराधलाई पनि माफी दिने खालको ऐन आपत्तिजनक भएको पनि बताए ।

उनले भने, दफा ६४ मा मुलुकी ऐन संशोधन गरेर उपदफा १६ को क थप गरिएको छ जसमा राजनीतिक प्रकृतिका राजनीतिसँग जोडेर गरेका जस्तासुकै अपराधलाई पनि माफि दिने भनेर विधेयक ल्याएको छ । कुन उद्देश्यले ल्याएको विधेयक हो । कानून आम नागरिकलाई मात्रै लाग्ने हो ।

आज सरकारले प्रस्तुत गरेको विधेयकमा ८१ वटा फरक फरक दफा र २६ वटा फरक फरक क्षेत्र छोएको भन्दै सम्बन्धीत कानून मन्त्रीलाई पनि यसको जानकारी नभएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *