राजीनामा माग्ने संस्कार राम्रो होइन : प्रधानमन्त्री

Sharing is caring!

साउन १२, २०८० । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा केही विषय आउने वित्तिकै प्रधानमन्त्री तथा मन्त्रीहरुको राजीनामा माग्ने क्रम सुरु भएको बताए ।

इटालीको रोमबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूले राखेको जिज्ञाशामा प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी एमालेप्रति लक्षित गर्दै भने,‘हत्त न पत्त प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा माग्ने संस्कार बसिरहेको छ यो राम्रो होइन । राजीनामा दिने भए देऊ नत्र सदन चल्दैन भन्नु राम्रो होइन ।’

विमानस्थलबाट बरामद भएको सुन र पछिल्लो राजनीतिक परिस्थिति लगायतका विषयमा उपप्रधानमन्त्री, मन्त्रीहरूसँग कुरा गरेर मात्र थप बताउन सक्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *