निखिता र जनकको गीत ‘पियार’ सार्वजनिक

Sharing is caring!

साउन १२, २०८० । नेपाली सुगम संगीतका प्रतिभाशाली गायक, गायिका निखिता थापा र जनक ताम्राकारले एकसाथ ’पियार’ बोलको सांगीतिक सौगात सार्वजनिक गरेका छन् । पृथक स्वादको हृदयस्पर्शी यस गीतमा शब्द, संगीत महेश ताम्राकारको रहेको छ भने प्रसन परियारको संगीत संयोजन रहेको छ ।

म्युजिक भिडियोमा अभिनेत्री मल्लिका महत र अनुज गुरुङ फिचर्ड छन् । भिडियोमा श्रवानी र अर्नबको समेत अभिनय रहेको छ । उत्तम हुमागाईले छायाँकन गरेको यस गीतको भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन् । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियोको निर्मात्री दिलु गुरुङ हुन् ।

भिडियो गायक ताम्राकारको युट्युव च्यानल ’जनक ताम्राकार’ मार्फत सार्वजनिक भएको हो। करिव ३ वर्ष अघि यो गीतको आर्टिस्ट भर्सन भिडियो सार्वजनिक भैसकेको छ । गायिका थापाले ‘उडायो हावाले’, ‘रंग’ जस्ता सुपरहिट गीत ल्याइसकेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *