किसान सञ्जालद्वारा कालीमाटी बजार समितिमा धर्ना, ५० प्रतिशत सटर किसानलाई छुट्याउन माग

Sharing is caring!

साउन १२, २०८० । राष्ट्रिय किसान सञ्जालले आज कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको कार्यालय अगाडि धर्ना दिएको छ । धर्नामा राष्ट्रिय किसान सञ्जालका अध्यक्ष गणेशचन्द्र तिमल्सिनाले किसान र उपभोक्ता दुवैको हितको लागि सातै प्रदेशमा धर्ना, ज्ञापन पत्र जस्ता कार्यक्रमहरुको आयोजना गरेको बताएका छन् । उनले बजारमा सबैको समान पहुँच र व्यवहार हुनुपर्ने भन्दै त्यसको लागि करारको व्यवस्था हटाएर खुल्ला प्रतिष्पर्धाको बजार बनाउनु पर्ने बताए ।


उनले भने, किसानले उत्पादन गरेको फलफूल यो बजारमा सबैले बेच्न पाउनु पर्छ सबैको समान पहुँच हुनुपर्छ समान व्यवहार हुनुपर्छ । यहाँ गत केही वर्षदेखि १५ -१५ वर्ष करारमा दिने व्यवस्था गरिएको थियो, त्यो व्यवस्था हटाएर खुल्ला प्रतिष्पर्धाको बजार होस् जुन बजारले किसानहरुको पनि हित होस् र उपोभोक्ता पनि ठगीमा नपरोस भनेर नै हामी आज यहाँ आएका हौ । आज हामीले सातै प्रदेशमा धर्ना, ज्ञापन पत्र कार्यक्रमहरु गरेका छौ । ’कालीमाटी तरकारी तथा फलफूल बजार देशको केन्द्रीय कृषि बजार भएपनि यहाँ विभिन्न किसिमको विकृतिहरु देखा परेको पनि सञ्जालको ठहर छ ।


कालीमाटी बजारका सटर र स्टलहरु खुल्ला प्रतिष्पर्धा मार्फत भाडामा लगाईयोस्, बिना प्रतिष्पर्धा भाडामा दिने सम्झौता खारेज गर, ५० प्रतिशत सटर र स्टलहरु उत्पादक किसानलाई छुट्याइयोस्, किसान र उपभोक्ता हित विरोधी निर्णय खारेज गर, बजार विकास समितिमा ५० प्रतिशत किसान प्रतिनिधि सुनिश्चित गर भन्ने मागसहित उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *