तराई मधेश राष्ट्रिय परिषद्को संयोजकमा अधिवक्ता विकास ठाकुर

Sharing is caring!

असार २०, २०७७ । आज काठमाण्डौमा बसेको तराई मधेश राष्ट्रिय परिषद (टीएमएनसी) सभाको बैठकले सभासदस्य अधिवक्ता विकास कुमार ठाकुरलाई परिषद्को संयोजकमा चयन गरेको छ ।

त्यस्तै, सचिव एवं प्रवक्तामा प्रमोद कुशवाहा तथा प्रचार विभागमा गुरुशरण सिंह (आभाष गुरु) ले जिम्मेवारी दिईएको छ । टीएमएनसीको संगठनात्मक संरचना तीनवटा विंगमा क्रियाशील बनाउने र जिम्मेवारी बाँडफाँड गर्ने हिसाबले हाल पोलिटिकल विंग क्रियाशिल बनाउन संयोजकको भूमिकामा रहेको सीएन थारुलाई पोलिटिकल विंगको जिम्मेवारी दिईएको छ ।

यस तराई मधेश राष्ट्रिय परिषद्को प्रथम राष्ट्रिय भेला २०७६ चैत्र २८ र २९ गते सम्पन्न गरेर आफ्नो वैचारिक धार किटान गर्ने लक्ष्य सहित तयारीमा जुटेको र कोरोना प्रकोपको कारण देशमा लकडाउनको स्थिति बिच आजको बैठक एक निष्कर्षमा पुगेको विज्ञप्ति मार्फत जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *