प्रधानमन्त्री प्रचण्ड आज ल्हासा भ्रमण गर्दै

Sharing is caring!

असोज १०, २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा भ्रमण गर्दैछन् ।

गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले आज बुधबार चीनको छिङछोङ सहरबाट ल्हासाका लागि प्रस्थान गर्ने भएक हुन् । उनी स्थानीय समयअनुसार दिउँसो १२ः०५ मा ल्हासाको गोन्गार विमानस्थल पुग्ने कार्यक्रम रहेको छ ।

उनले ल्हासास्थित नेपाल महावाणिज्यदूतको कार्यालयमा आज दिउँसो आयोजना हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुने छन् । प्रधानमन्त्री दाहालले आजै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

उनले आजै चिनियाँ कम्युनिष्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *