कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३६० पुग्यो

Sharing is caring!

भाद्र २९, २०७७ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० पुरुष र ५ जना महिलासहित १५ जनाको कोरोनाका कारण मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा मोरङका २, काठमाडौँका ६, ललितपुरका १, भक्तपुरका १, रामेछापका १, गोरखाका १, नवलपरासीका १, पर्साका १ र कपिवस्तुका १ गरी १५ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *