नेपाल र मलेसियाबीच श्रमिक आपूर्तिसम्बन्धी सम्झौता

Sharing is caring!

कात्तिक १२, २०७५ । नेपाल सरकार र मलेसिया सरकारबीच श्रमिक आपूर्तिसम्बन्धी श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाली मानव संशाधनमन्त्री एम कुलासेगरानले यहाँ आयोजित एक समारोहबीच समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

अब यो सम्झौतासँगै नेपाली श्रमिकले कुनै पनि शुल्क नतिरी मलेसिया जान पाउनेछन् । दुई देशका उच्च अधिकारीबीच भएको यस समझदारीसँगै छ महीनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *