स्याङ्जामा जिप दुर्घटना हुँदा १२ जना घाइते

Sharing is caring!

साउन २०, २०८० । स्याङजाको भिरकोट नगरपालिका ६ कार्कीडाँडास्थित भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

शुक्रवार साँझ बयारघारीबाट तिसेदीतर्फ जाँदै गरेको ग २ च ७३७५ नम्बरको बलोरो जिप उकालो बाटोमा ब्याक हुन गई पल्टिदा चालकसहित १२ जना घाइते भएका हुन् ।

घाइतेहरुको गण्डकी अस्पताल पोखरा र कालिका सामुदायिक अस्पताल हेलुमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *