राष्ट्रिय हितका सवालमा सरकारसँग सहकार्य गर्न तयार : अध्यक्ष ओली

Sharing is caring!

साउन २०, २०८० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको सवालमा सरकारसँग एकतावद्ध भएर अगाडी बढ्न तयार भएको बताएका छन् ।

पार्टीको परराष्ट्र मामिला विभागले शनिवार काठमाडौंमा आयोजना गरेको ‘वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीति सम्बन्धी नेकपा एमालेको धारणा’ विषयक विचार गोष्ठीमा उनले राष्ट्रिय हितको पक्षमा सरकारले या अरु पार्टीले कुरा ल्याएमा समर्थन गर्न तयार भएको बताएका हुन्

उनले भने, ‘राष्ट्रिय हितको पक्षमा सरकारले कुरा ल्याओस् । अरु पार्टीले कुरा ल्याउन हामी राष्ट्रिय हितको पक्षमा जो सुकैले ल्याएको कुरालाई पनि समर्थन गछौं । सहमति जनाउँछौं र एकतावद्ध भएर अगाडी बढ्न तयार छौं ।’

उनले राष्ट्रिय हितलाई छोडेर अरु कुरामा एमाले सहमति नहुँने दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *