महँगियो इन्टरनेट सेवा

Sharing is caring!

साउन १, २०७५ । आजदेखि  इन्टरनेट मोबाइलमा  डेटामार्फत  चलाउँदै हुनुहुन्छ भने तपाईको  ब्यालेन्स  छिटै घटेको लाग्न सक्छ । सरकारले नयाँ आर्थिक वर्ष अर्थात साउन १ गतेदेखि लागू हुने गरी  दूरसञ्चार सेवा दस्तुर शीर्षकमा  इन्टरनेटलाई पनि समेटेपछि यो सेवा महँगो भएको हो ।

यससँगै इन्टरनेटका ग्राहकले आफ्नो सेवाप्रदायकमार्फत सरकारलाई १३ प्रतिशत दस्तुर बुझाउनु पर्नेछ । यस्तो दस्तुर भ्वाइस कलमा पनि लाग्नेछ ।

बजेटमा उल्लेख भएबमोजिम सरकारले आर्थिक वर्ष २०७५/७६ को आर्थिक विधेयकमा ‘टेलिफोन, मोबाइल, इन्टरनेटजस्ता दूरसञ्चार सेवा उपलब्ध गराउने निकायले ग्राहकबाट लिने महसुलको तेह्र प्रतिशत रकम दूरसञ्चार सेवा दस्तुर बापत असुल उपर गर्नुपर्ने’ उल्लेख छ । यसै व्यवस्था अनुसार दूरसञ्चार सेवा प्रदायकले भ्वाइस र इन्टरनेटमा समान १३ प्रतिशत दस्तुर आफ्ना सेवाग्राहीसँग असुल गर्नेछन् । यस्तो दस्तुर सेवाग्राहीबाट असुल गर्नुपर्ने स्पष्ट व्यवस्था अनुसार इन्टरनेट प्रयोगकर्ता महँगो इन्टरनेटको मारमा पर्ने भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *