एनसेलबारे छानबिन गर्न गठित समितिविरुद्ध स्वतन्त्र नागरिक समूहको खबरदारी

Sharing is caring!

मंसिर २३, २०८० । स्वतन्त्र नागरिक समूहले एनसेल खरिद बिक्री प्रकरण र विवादास्पद छानबिन समितिको विरुद्ध खबरदारी गर्दै प्रदर्शन गरेको छ ।

शनिबार काठमाडौंको लैनचौरस्थित एनसेल केन्द्रीय कार्यालयमा समूहले एनसेल समितिविरुद्ध खबरदारीका लागि विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनका सहभागीहरुले राज्यको कर छल्न पाईँदैन, भ्रष्टाचारीलाई चोख्याउने छानबिन समिति मान्दैनौँ, दुई परिवार बचाउन छानबिनको नाममा नाटक मञ्चन बन्द गर जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा नागरिक आन्दोलनका सहप्रवक्ता राजानन्द माण्डवीले एनसेल खरिदबिक्री प्रकरण छानबिन समिति बनाए पनि आफ्नै मानिसले ढाकछोप गर्ने देखिएको भन्दै त्यसको विरुद्धमा विरोध प्रदर्शन गरेको बताए ।

उनले सरकारमा बसेकाहरुले नै देश लुट्ने काम गरिरहेको भन्दै गरिबलाई झन गरिब बनाइरहेको बताए ।

उनले भने, ‘हामीले जसलाई सरकार चलाउन पठायौं, तिनैले आज देशलाई लुट गरे । पुँजी हुनेलाई झन् पैसा वृद्धि गराए, नहुनेलाई गरिबमाथि गरिब बनाए । सरकारलाई अनुरोध छ, छानबिनका लागि गठन गरिएको समितिले पनि केही गर्नेवाला छैन । समिति पनि आफ्नै आफ्नै मानिसले ढाकछोप गर्ने देखिएको छ । त्यसैले आन्दोलनमा आएका हौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *