सत्ताको दुरुपयोग चरम रुपमा बढ्यो : अध्यक्ष भट्टराई

Sharing is caring!

साउन १९, २०८० । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले अहिले राजनीतिक पार्टीहरुमा सत्ताको दुरुपयोग गर्ने प्रवृति बढेको बताएका छन् ।

नेपाल समाजवादी पार्टी बागमती प्रदेश र गैर भौगोलिक प्रदेश समितिले आयोजना गरेको संगठन निर्माण तथा विस्तार अभियान बैठक तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष भट्टराईले सत्ताको दुरुपयोग चरम रुपमा बढेको बताए । उनले अहिले राजनीति पार्टीहरुमा खाली पार्टी भित्रको सत्ताको पद,चुनावमा कसले टिकट लिने भन्ने र सत्ताको लाभ कसरी लिने भन्ने प्रवृति बढेकाले जनतामा पार्टी नेता भन्ने वित्तिकै अत्यन्तै नकारात्मक सोच बनेको बताए।

उनले भने, विचार राजनीतिको कार्यदिशा अत्यन्तै पुरानो भईसकेको छ । राजनीति दलहरुमा विचारको रुची कसैले राख्दैनन् खाली पार्टी भित्रको सत्ताको पदमा को मान्छे तल हुने को माथि हुने भन्ने विषय र चुनावमा कसले टिकट लिने र सत्ताको लाभ कसरी लिने भन्ने मन्त्री हुने जस्ता विषयहरुमा हरेक पार्टीको शैली देखिन्छ । त्यसैले पार्टी नेता भन्ने वित्तिकै अत्यन्तै नकारात्मक सोच बनेको छ ।

अध्यक्ष भट्टराईले आफ्नो नेपाल समाजवादी पार्टी सत्ताको दोहन गर्ने र निजी लाभ लिने नभई जनताको सेवा गर्ने पार्टी भएको दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *