नेपालको शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण : मन्त्री शर्मा

Sharing is caring!

साउन १९, २०८० । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालको शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएकी छिन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालले आयोजना गरेको २०७९ का एसईई उत्तिर्ण विद्यार्थीहरुलाई अभिनन्दन समारोहमा मन्त्री शर्माले विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा दिने विषयमा सामुदायिक विद्यालयहरु मात्र सक्षम नभएको भन्दै यसमा निजी क्षेत्रको पनि भूमिका आवश्यक रहेको बताए ।

उनले भनिन्, नेपालको शिक्षा क्षेत्रमा योगदान गर्ने सन्दर्भमा निजी क्षेत्रको योगदान पनि महत्वपूर्ण छ । सबै विद्यार्थीहरुलाई शिक्षा दिने कुरामा सामुदायिक विद्यालयहरुले मात्रै भूमिका निर्वाह गर्न सक्ने अवस्था छैन् । ३० प्रतिशतभन्दा बढि नीजि क्षेत्रको छ । ’

मन्त्री शर्माले आजको विद्यार्थी भोलि देशको नेतृत्व भएको भन्दै नेपालको शिक्षा प्रणालीले विद्यार्थीहरुलाई शिक्षाको साथै व्यवहारिक, देशप्रति प्रतिवद्ध र कर्तव्यबोध बनाउँन पनि आवश्यक भएको बताईन् ।

उनले भनिन्, १२ कक्षा पास भएपछि बाहिर जाने जुन प्रवृत्ति छ, त्यसले हाम्रो उच्च शिक्षालाई गुणस्तरी बनाउँने चुनौती थपिएको छ । विद्यार्थीलाई शिक्षाको साथै व्यवहारिक बनाउँने, देशप्रति प्रतिवद्ध बनाउँने, कर्तव्यबोध बनाउँन पनि जरुरी छ । आजको विद्यार्थी भोलि देशको नेतृत्व गर्ने भएको हुदाँ नेतृत्वलाई बलियो बनाउँन पनि राम्रो शिक्षा आवश्यक छ । ’

मन्त्री शर्माले नेपालको संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक हकमा राखेको चर्चा गर्दै शिक्षा र स्वास्थ्य निश्चित रुपमा मौलिक हकको रुपमा स्थापित र निशूल्क हुनुपर्ने बताइन् । उनले सामुदायिक र निजी विद्यालयलाई प्रतिस्पर्धा बनाउँन जरुरी रहेको पनि बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *