सर्वोच्च अदालतमा धेरै चुनौती छ : न्यायाधीश भट्टराई
साउन १९, २०८० । सर्वोच्च अदालतका न्यायाधीश आनन्द मोहन भट्टराईले सर्वोच्च अदालतमा धेरै चुनौतीहरु रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित स्वतन्त्र विद्यार्थी युनियन नेपाल ल क्याम्पस प्रथम स्ववियु अभ्यास अदालत प्रतियोगिता २०८० फाईनल प्रतिष्पर्धा कार्यक्रममा न्यायाधीश एक जनालाइ मात्र अन्याय भयो भने पनि पोल्ने बताएका छन् ।
उनले भने, सर्वोच्च अदालतमा धेरै चुनौती छ । तपाईको आफ्नो कम्पिटेन्स हैन कि तपाइले दिएको फैसला अन्तिम हुन्छ कदम कदाचित अन्याय प¥र्यो भने पोल्छ । एक जनालाई मात्र पनि अन्याय भयो भने धेरै नरमाईलो हुन्छ । व्यक्तिगत रुपमा नै हामीलाई नरमाईलो लाग्छ । यो चुनौतीपुर्ण छ र तपाईले प्रतिष्पर्धा गर्ने कुरामा पनि चुनौती छ ।
न्यायाधीश भट्टराईले आफुहरुले १० वर्षमा धेरै मुद्धा फछर्यौट गरेको बताए । परेको मुद्धा भन्दा करिव १९ सय बढी मुद्धा छिनेको उनको भनाइ थियो ।