तस्करी तथा भ्रष्टाचार प्रकरणमा सरकारले जात्रा मात्र देखाउने काम गरे : गुरु घिमिरे

Sharing is caring!

साउन २०, २०८० । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरेले अहिलेसम्मका बिभिन्न काण्ड तथा प्रकरणमा जनताको विश्वास जित्ने गरी काम गर्न नसकेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमा नेता घिमिरेले सुन तस्करी, ललिता निवास, भुटानी शरणार्थी प्रकरणका फाइल खोल्ने मात्र काम गर्न नहुने बताए । उनले यस्ता प्रकरणमा सरकारले जात्रा मात्र देखाउने मात्र काम गरेको भन्दै टुंगोमा पुग्ने गरी काम गर्नु पर्ने बताए ।

उनले भने ‘ कुनै पनि छानविनको जनताले विश्वास गर्न सक्या छैन् । फाइल खोल्ने काम मात्रै होईन् पूर्वाग्रह नराखेर यसको टुङ्गो लगाउनु पर्छ । राजनीतिक बाटै संरक्षित भयो अपराध कर्म, संरक्षित नभएको भए देशलाई यस्तो प्रभाव पर्ने भ्रष्टाचार हुदैँन् थियो । ’

केन्द्रीय सदस्य घिमिरेले नेपालमा अभाव नै नभएको भने सरकार भएको बताए । उनले ७ सय ५३ वटा सरकार, ७ सरकार र केन्द्रीय सरकार यति धेरै सरकार भएका देशमा भ्रष्टाचारको प्रकरण कति हुन्छ त्यो पनि प्रष्ट भएको बताए ।

उनले भने ‘ स्वास्थ्य सेवा विभागले ३ सय ४५ करोडको सामान खरिद गरेको रहेछ गत वर्ष त्यसमा झन्डै २ सय करोड जति भ्रष्टाचार हुने किनभने ५ लाख पर्ने सामान १८ लाखको दरले किनिएको छ । यसमा ६० प्रतिशतभन्दा बढि भ्रष्टाचार भएको छ । औषधि माफियासँग मिलेर बील तयार गरिने रहेछ । ’

देशको स्वास्थ्य क्षेत्रमा राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने बताउँदै स्वास्थ्य मन्त्रीले जनतालाई सकारात्मक प्रभाव पर्ने काम गर्न सक्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *