प्रतिनिधिसभाको बैठकबाट नीति तथा कार्यक्रम बहुमतले पारित

Sharing is caring!

जेठ ६, २०७७ । आर्थिक वर्ष २०७७/७८ को सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाको आजको बैठकबाट बहुमतले पारित भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ २ गते संसद्को संयुक्त बैठकमा सम्बोधन गरी सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा बैठकमा सांसदहरुले भाग लिँदै आ–आफ्नो धारणा राख्नुभएको थियो ।

नीति तथा कार्यक्रममाथि सांसद डा‍‍‍‍. मीनेन्द्रप्रसाद रिजाल, दुर्गा पौडेल, प्रेम सुवाल, लक्ष्मणलाल कर्ण र सरिता गिरीले संशोधन प्रस्ताव राखेका थिए । सभामुख फिर्ता लिन चाहेमा फिर्ता लिन समय दिँदा उनीहरुले प्रस्ताव फिर्ता नलिएपछि संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले नीति तथा कर्याक्रमलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित गरेको हो ।

प्रतिनिधिसभाको अर्को बैठक २०७७ साल जेठ १३ गते दिउँसो १ः०० बजे बस्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *