यही राजनीतिक प्रणालीले देशलाई दुर्घटनामा लैजान्छ : अध्यक्ष लिङ्देन

Sharing is caring!

साउन २०, २०८० । राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले यही राजनीतिक प्रणालीले देशलाई दुर्घटनामा लैजाने टिप्पणी गरेका छन् ।

शनिवार काठमाडौंको इन्द्रायणीमा आयोजित एक कार्यक्रममा उनले यही गणतन्त्र, यही धर्म निरपेक्षता र संघीयताको बाटोले देशलाई दुर्घटनामा लैजाने टिप्पणी गरेका हुन् । काम नगरी राप्रपाको नेता हुने सुविधा र छुट कसैलाई नभएको भन्दै उनले राप्रपामा पनि परिर्वतन जरुरी रहेको बताए ।

उनले भने, काम नगरी राप्रपाको नेता हुन पाँईदैन् । सुविधा र छुट छ्रैन् । किन भने नेपालको राजनीतिमा दुई वटा कित्ताहरु छ एउटा गणतन्त्र यही धर्म निरपेक्षता संघियता र त्यसले अभिलम्बन गरेको बाटो ठिक छ र अहिले जे भईराखेको छ त्यसैबाट देशलाई अगाडि लैजानुपर्छ भन्ने एउटा कित्ता छ। त्यो बाटोले देशलाई निकास दिँदैन मात्र होईन देशलाई दुर्घट्नामा लान्छ । त्यसकारण त्यो परिवर्तन जरुरी छ भन्ने त्यो अर्को पाटो हो राप्रपा पार्टी ।

तीन तहको सरकार चाहिँदैन हिन्दु राष्ट्र र राजा चाहिन्छ भन्ने राप्रपा बाहेक अरु कुनै पार्टी नभएको उनको भनाई छ । उनले भने, त्यसैले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अरु पार्टीको नेता जस्तो भ्रष्ट हुने सुविधा छैन् अरु नेता जस्तो १० गेट बनाएर दलाली गर्ने छुट पनि छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *