प्रतिपक्ष र सत्ता पक्षको कुरा नमिल्दा सबै निकम्मा भए : सांसद परियार

Sharing is caring!

साउन २२, २०८० । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले प्रतिपक्ष र सत्ता पक्षको कुरा नमिल्दा आफूहरु निकम्मा भएको टिप्पणी गरेका छन् ।

सोमबार संसदहरुमा शीर्ष तीन दलका नेताहरुबीचको छलफल पछि सांसद परियारले संसद बन्द गर्ने कुराको आफूहरुको समर्थन नरहने भन्दै प्रतिपक्ष र सत्ता पक्षको कुरा नमिल्ल्दा सबै निकम्मा भएको बताए ।

उनले भने, संसद बन्द गर्ने कुराको समर्थन हामी कहिँल्यै गर्देनौ । हामीले चाहेर पनि सदन खुलाउँन सक्दैनौं यस्को आफ्नै नियमहरु छन् । प्रतिपक्ष र सत्ता पक्षको कुरा नमिल्ल्दा निकम्मा भएका छौं ।

सांसद परियारले नेताहरुको जड्ताले सदनलाई लामो समयसम्म बन्दी बनाएको गुनासो गर्दे भने, हामीले सम्मानित सभामुखलाई प्रधानमन्त्रीलाई भन्ने हो यहाँ जनताको मुद्दा उठाउँन पाईएन सदन त जनताको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *