प्रहरी दमनविरुद्ध तामाङ घेदुङ र मगर संघको प्रदर्शन

Sharing is caring!

साउन २२, २०८० । नेपाल तामाङ घेदुङ र नेपाल मगर संघ सहित विभेदकारी कानून खारेजी राष्ट्रिय अभियानले भगवती पाण्डेलाई कारवाही र शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी दमन विरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

सोमबार काठमाडौंको बानेश्वरमा विवादास्पद अभिव्यक्ति दिने भगवती पाण्डेलाई कारवाही र शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी दमन र ज्यादति गरेको भन्दै त्यसकोविरुद्ध विरोध कार्यक्रम गरेका हुन् ।

कार्यक्रममा नुवाकोट प्रदेश सांसद राधिका तामाङले आन्दोलनमा प्रहरीले महिलाहरुको संवेदनशील अंगमा प्रहार गरेको भन्दै दोषीलाई कारवाही गर्नु पर्ने माग गरिन् । सांसद तामाङले जसको निर्देशनमा भएको भएता पनि निष्पक्ष छानविन गरेर दोषी माथि कारवाही गर्न आफुहरुले गृह मन्त्रीसँग कुरा राखिसकेपनि त्यसकै दबाबको लागि आन्दोलनमा उत्रिएको बताइन् ।

उनले भनिन् ,आन्दोलनमा महिलाहरुको संवेदनशील अंगमा प्रहार गर्नुभएको छ, छुनु भएको छ, दमन गर्नुभएको छ यो निन्दनीय छ । जस्को निर्देशनमा भएको भएतापनि उहाँ यसको कारवाहीको भागेदार हुनुपर्छ । निष्पक्ष छानविन गरेर दोषी माथि कारवाही गर्न हामीले गृह मन्त्रीलाई भनिसेका छौं । त्यसकै दबावको लागि विरोध गरेका हौं । उनले उक्त विषय गृह मन्त्रीले दोषीलाई कारबाही नगरे उक्त विषयले संसददेखि सडकसम्म प्राथमिकता पाउँने बताईन् ।

उनले भनिन्, संसदमा पनि विषय उठाउँने छौं । संघिय संसदमा विषयले प्रवेश पाएको छ । यदी गृह मन्त्रीले जुन किसिमको बाँचा गर्नुभएको छ त्यो पूरा नभए संसददेखि सडकमा सम्म यो विषयले प्राथमिकता पाउँछ ।

यस अघि आजै उनीहरुले गृह मन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *