इजरायल आक्रमणमा ज्यान गुमाउनेको संख्या ११ सय नाघ्यो

Sharing is caring!

असोज २२, २०८० । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाउनेको संख्या ११ सय नाघेको छ । गत शनिबार आक्रमण सुरु भए यता अहिलेसम्म ११ सय मानिसको मृत्यु भएको पुष्टि भएको र १ लाख २३ हजार मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघलाई उदृतगर्दै बीबीसीले जनाएको छ ।

अहिले पनि सातदेखि आठ स्थानमा इजरायल भित्र प्रवेश गरेका बन्दुकधारीले आक्रमण गरिहेको बताइएको छ ।
यसैबीच, इजरायली उद्धारकर्मीले संगीत महोत्सव गरिएको स्थानबाट एकैपटक कम्तीमा २६० जनाको शव निकालेका छन् ।

राज्यको दक्षिणी भागमा रहेको रेइम नजिक आयोजना गरिएको सुपरनोभा फेस्टिभलमा हमास लडाकुले गरेको आक्रमणमा कम्तिमा २ सय ६० जनाको शव फेला परेको बताएका छन् ।

त्यहाँ आक्रमणपछि मानिसहरू भागाभाग गरेको भिडिओहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका छन् । इजरायली उद्धार सेवा ‘जिका’ ले खोजतलास गर्दा ठूलो संख्यामा शव फेला परेको र अझै धेरै शव संकलन गर्न बाँकी रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *