‘पुनर्निर्माणको जिम्मा धुर्मुस–सुन्तलीलाई दिनुपर्छ’

Sharing is caring!

वैशाख ११, २०७५ । पूर्व प्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपालले पुनर्निर्माणको जिम्मा धुर्मुस–सुन्तलीको टिमलाई दिनुपर्ने बताएका छन् । किशोर पन्थीद्वारा लिखित पुस्तक ‘कम्पन’ को सोमबार काठमाडौंमा विमोचन गर्दै नेपालले भूकम्प पीडितलाई अर्बौँ रकम आएपनि उपयोगी हुन नसकेका कारण पुनर्निर्माणको जिम्मा धुर्मुस–सुन्तलीलाई दिनुपर्ने बताए ।

‘पुनर्निर्माणको जिम्मा कुनै व्यक्तिलाई भन्दा धुर्मुस–सुन्तलीजस्ता व्यक्तिहरुको टिमलाई जिम्मा दिनु राम्रो हुन्छ’, उनले भने,‘म रौतहटमा गएको थिएँ, रातको ९ बजे पुग्दा धुर्मुश सुन्तलीलगायतको टिम काम गरिरहेको थियो, उहाँहरुले अहोरात्र काम गरेर जनतालाई घर दिनुभएको छ, बर्दिवासमा पनि त्यहि हिसाबले बनेका घरहरु छन्, सिन्धुपाल्चोकमा उहाँहरुले बनाएका घर हेर्दै रहरलाग्दा छन् ।’

‘नेपालले सरकारले दिएको रकमको बेहाल आफूले देखे’को भन्दै राज्यले नै चासो राखेर धुर्मुस–सुन्तली जस्ता व्यक्तिहरुको टिमलाई पुनर्निर्माणको जिम्मा दिनुपर्ने बताए । उनले भूकम्पपीडित अझै पनि त्रिपालमुनि बसिरहेको भन्दै सरकार संवेदनशील हुन नसकेको आरोप लगाए । यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *