यातायातमन्त्रीको घोषणा: अब सिण्डिकेट तोड्ने पालो ट्याक्सीको

Sharing is caring!

वैशाख ११, २०७५ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बससँगै  अब ट्याक्सीको समेत सिण्डिकेट तोड्ने उद्घोष गरेका छन् ।

‘बसको त सिण्डिकेट धेरै पहिले नै खारेज गरेको हो, हामीले नौलो काम गरेकै होइन, हामीले त कार्यान्वयन गराएका हौँ, सम्मानित सर्वोच्च अदालतले आजभन्दा १८ वर्ष पहिल्यै नै सिण्डिकेट खारेजको निर्देशन दिएको हो’, सोमबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले भने, ‘हामीले कार्यान्वयन गरेका छौँ, अब मिनिबस र ट्याक्सीमा पनि सिण्डिकेट खारेजी गरेर कम्पनी ऐन अन्र्तगर्त व्यवस्थित गर्छौँ ।’

साक्षात्कारमा उनले पर्यटक र आम सर्वसाधारण जनताले निर्धक्क भएर सुविधाजनक यात्रा गर्न पाउनुपर्ने बताउँदै उनले सरकार त्यही अनुसार अघि बढिरहेको स्पष्ट पारे । उनले भने, ‘विकृति र विसंगतिका विरुद्ध हाम्रो प्रयास हो, हामी सफल भएर छाड्छौँ, अन्तिममा आएर बस व्यवसायीहरुलेपनि आन्दोलन फिर्ता गरेर हामीलाई सहयोग गर्नुहुन्छ ।’ यो खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *