दुई तिहाईको सरकार पूर्णरुपमा असफल : उपेन्द्र यादव

Sharing is caring!

फागुन ११, २०७६ । संघीय समाजवादी फोरमका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले सुखी र संबृद्ध नारा दिएको बर्तमान सरकार पूर्णरुपमा असफल भएको बताएका छन्। दुई तिहाईको कम्यूनिष्टहरुको सरकार आएसंगै भ्रष्टचार लुट बढ्दै गएको उनले आरोप लगाए।

समाजवादी पार्टीको कपिलवस्तुले मायादेबी गाउँपालिकाको पकढीमा राखेको आमसभामा बोल्दै यादवले सरकारको काम कारबाही सबै भ्रष्टचारीले चलाएको बताए। सरकाले दिएको सुखी र संबृद्ध नेपालको नारा भ्रष्टाचार काण्डले तुहीएको बताए। उनले मधेसमा अझै नागरिकताको बिभेद रहेको बताए। पैसा र अनुहारको बलमा थुपै्रले नागरिकता पाए पनि वास्तविक नागरिक अझै नागरिकताविहीन भएको बताए।

‘कुनै पनि व्यक्तिलाई राज्य र राष्ट्रियताविहीन बनाउनु ठूलो अपराध हो। जालीझेली नागरिकता ऐनलाई सच्याउनुपर्छ।’ नागरिकतामा लैंगिक असमानता पनि रहेको उनको भनाइ थियो। महिला र पुरुषका निम्ति एउटै कानुन हुनुपर्ने यादवले बताए। नागरिकताका विषयमा संविधान त्रुटीपूर्ण भएको यादवको दाबी छ दलित जनजाती महिला पिछडीएको वर्ग हक अधिकार नदिएमा हामी सरकारसंग लड्न र अन्दोलन गर्न तयार छौ यादवले भने। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *