संघीय संसद्को हिउँदे अधिवेशन आजबाट

Sharing is caring!

पुस ११, २०७५ । संघीय संसद्को हिउँदे अधिवेशन आजबाट प्रारम्भ हुँदै छ । कार्यव्यवस्था परामर्श समितिको निर्णयअनुसार बुधबार अपराह्न ४ बजे बस्ने अधिवेशनको पहिलो बैठकलाई संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूले सम्बोधन गर्नेछन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बुधबार दुई÷दुईवटा बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको पहिलो बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त हिउँदे अधिवेशन प्रारम्भ गर्नेसम्बन्धी प्राप्त पत्र पढेर सुनाउने, दलीय आधारमा नेताहरूले सम्बोधन गर्ने, प्रशासकीय अदालत विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यायदेश प्रस्तुत गर्ने कार्यसूची सचिवालयले तयार गरेको छ ।

राष्ट्रिय सभाको बैठकमा समेत राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउने र दलीय हिसाबमा नेताहरूले सम्बोधन गर्ने, अध्यादेश विधेयक पेस गर्ने कार्यसूची तय भएको नेकपाका राष्ट्रिय सभाका नेता खिमलाल भट्टराईले बताए । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकले पूर्वसांसदत्रय चक्र बास्तोला, पद्मरत्न तुलाधर र मोतीदेवी थारूको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको सचिवालय प्रवक्ता डा.रोजनाथ पाण्डेले बताए । यो खबर नयाँ पत्रिकाबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *