निर्माण व्यवसायीद्वारा सरकारविरुद्ध प्रदर्शन

Sharing is caring!

असार २९, २०८० । निर्माण व्यवसायीले असार मसान्तमा पनि रकम भुक्तानी नगरेपछि सरकारविरुद्ध विरोध गरेका छन् । उनीहरूले अर्थमन्त्री प्रकाशशरण महतको राजीनामासमेत मागेका छन् ।

शुक्रबार काठमाडौंको माईतीघर स्थित विनाबजेटको आयोजना टेण्डर गरेर सरकारले भुक्तानीका लागि सडकमा आउन बाध्य भएको भन्दै विरोध गरेका हुन् ।


महासंघका अध्यक्ष रवि सिंहले व्यवसायीले गरेको कामको भुक्तानीका लागि अनुनय गर्दा अर्थमन्त्रीले घरको अंश काटेर दिनुपर्नेजस्तो व्यवहार देखाएको बताएका छन् । ‘काम गरेको बिल पेश गर्दा पनि रोकियो । रकम नभएको ४ खर्बको आयोजना किन टेण्डर गराइयो ? स्रोत सुनिश्चित नभएको आयोजना किन निर्माण जिम्मा दिइयो ?’


मूल्यवृद्धि निरन्तर भइरहेको भन्दै आयोजनाको खर्च समायोजन नगरेको र बैंक, सप्लायर्स, कामदार जताततै उधारो बाँकी हुँदा आफूहरूले आत्मदाह गर्नुपर्ने अवस्था आइलागेको उनहिरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *