सर्वोच्चमा प्रस्तावित ६ जना न्यायाधीशको नाम सुनुवाइ समितिबाट अनुमोदन

Sharing is caring!

पुस ४, २०८० । सर्वोच्च अदालतको न्यायधीशमा प्रस्तावित ६ जनालाई संसदीय सुनुवाई समितिले स्वीकृति दिएको छ ।

बुधबार न्यायाधीशहरू सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल, बालकृष्ण ढकाल र महेश शर्मा पौडेललाई समितिले सर्वसम्मतिले अनुमोदन गरेको हो ।

प्रतिनिधि सभा अन्तर्गत संसदीय सुनुवाई समितिको आजको बैठकले प्रस्तावित ६ जना यायाधीशलाई सर्वसम्मतिले अनुमोदित गरेको समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिएका छन् ।

उनले भने, ‘संयुक्त समिति कार्य सञ्चालन नियमावली २०८० तथा संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० बमोजिम समितिले सुनुवाइ गर्दा प्रस्तावित व्यक्तिहरुको योग्यता, क्षमता र अनुभव समेतको आधारमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०८० को नियम २६ को उप नियम ५ बमोजिम प्रस्तावित व्यक्तिहरुलाई सर्वोच्च अदालतको न्यायधिशमा नियुक्तिका लागि अनुमोदन गर्ने निर्णय सर्वसम्मतीले पारित भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *