उखुको खरिद मूल्य प्रतिक्विन्टल ५६५ दिनुपर्ने मन्त्रिपरिषद्को निर्णय

Share this news:

पुस ४, २०८० । सरकारले उखुको खरिद मूल्य प्रतिक्विन्टल ५ सय ६५ रुपैयाँ तोक्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले कृषि तथा पशुपंन्छी विकास मन्त्रालयको प्रस्तावमा उखुको न्युनतम खरिद मूल्य ५ सय ६५ रुपैयाँ तोक्ने निणर्य गरेको हो ।

साथै उखु कृषकलाई प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले अनुदान दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

शर्माले भनिन्,‘कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा उखुको न्युनतम खरिद मूल्य जुन छ, त्यसलाई उद्योगले रु ५ सय ६५ प्रतिक्विन्टल दिनुपर्ने निर्णय भयो । र,उखु कृषकलाई ७० रुपैयाँ प्रतिक्विन्टल सरकारले अनुदान दिने भन्ने निर्णय भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *