भुटानी शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्रीलाई कारबाही गर्न सांसद सिंहको माग

Sharing is caring!

असार २९, २०८० । प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्णय गर्ने तत्कालीन प्रधानमन्त्रीलाई कारबाही गर्न माग गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद सिंहले शरणार्थी प्रकरणमा पक्राउ परेका सन्देश शर्माको भ्वाइस पुष्टि हुँदा पनि कसैलाई कारवाही नगरिएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

उनले भने ‘नक्कली भुटानी शरणार्थी केशमा निर्णय गर्नेलाई समातिएन् । मन्त्रिपरिषदको निर्णय हो । मन्त्रिपरिषदबाट निर्णय गर्ने प्रधानमन्त्रीलाई समात्नु पर्‍यो नि । सन्देश शर्माको अडियो आयो । अथेन्टिक भनेर पुलिसले विज्ञप्ति जारी गर्यो यो उसकै भ्वाइस हो । त्यसमा किन कारबाही गरिएन ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *