देशभक्त जनगणतान्त्रिक मोर्चाले जनप्रदर्शन गर्दै

Sharing is caring!

चैत २४, २०७५ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले आज काठमाडाैंमा जनप्रदर्शन गर्न लागेको छ । उसले आफ्नो मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको सम्मेलन गरेर जनप्रदर्शन गर्न लागेको हो ।

मोर्चाको पहिलो राष्ट्रिय सम्मेलन काठमाडौँको भृकुटीमण्डपमा हुन लागिरहेको छ । मोर्चाले देशैभरबाट नेता कार्यकर्ता सहभागी हुन काठमाडौँ आइरहेका छन् ।

बिभिन्न सात ठाउँबाट आएको जुलुस भृकुटीमण्डपमा आई जनसभामा परिणत हुने मोर्चाले जनाएको छ । दिउँसो १ बजे सुरु हुने जनसभालाई पार्टी महासचिव मोहन वैद्य ‘किरण’ले सम्बोध गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *