‘हिमाल मेरो देश’ कविता संङ्ग्रहको विमोचन

Sharing is caring!

चैत २४, २०७५ ।  युवा साहित्यकार दिनेश घिमिरेको तेस्रो कविता संङ्ग्रह ‘हिमाल मेरो देश’ को विमोचन गरिएको छ ।
दोस्रो क्रान्ति दिवस नेपाली साहित्यले आइतबार राजधानीमा गरेको क्रान्तिनक्षेत्र–२०७५ तथा बहुभाषिक कविगोष्ठी, रक्तदान कार्यक्रम, वातावरण तथा विज्ञान प्रदर्शनी एवम् साँस्कृतिक कार्यक्रममा उक्त कविता संङ्ग्रहको पूर्वमन्त्री कृपासुर शेर्पा र प्रदेशसभा– ३ का सांसद् रामेश्वर फुयाँल र साहित्यकार जगन्नथा देवकोटाले संयुक्त रूपमा गरेका हुन् । उक्त संङ्ग्रहमा ४८ वटा कविताहरू छन् ।

संङ्ग्रहको समीक्षा गर्दे साहित्यकार प्रयागराज भट्टराई ‘वाशिष्ठ’ ले संङ्ग्रहको शीर्षकले, साजसज्जाले कविताहरूको गाम्भीर्यतालाई प्रस्ट्याएको बताए ।

संङ्ग्रहभित्र शिक्षा, समाज सेवा, समाजका विभिन्न अङ्गहरूको वर्णन, विश्लेषण र राजनीतिका सकारात्म र नकारात्म पक्षप्रति व्यङ्ग्य गरिएका कविताहरू रहेको उनले बताए । उनले भने, ‘कृतिभित्र शिक्षा छ । राजनीतिको सकारात्मक पक्ष र नकारात्मक पक्षप्रति व्यङ्य छ । समाज सेवा र समाजका विभिन्न अङ्गहरूको पनि यसमा वर्णन, विश्लेषण रहेको छ ।’

कविताहरू शास्त्रीय छन्दमा रहेको बताउँदै भट्टराईले नेपाली साहित्यमा लोकप्रिय गजलको लयमा पनि कविता आधारित रहेको बताए ।

उनले भने, ‘संङ्ग्रहमा शास्त्रीय छन्दमा कविताहरू रहेका छन् । नेपाली साहित्यमा लोकप्रिय बनेको गजलका जुन लय छ, त्यसमा आधारित पनि छ ।’

कवितामार्फत् कविले असल बनेर देशको सेवा गर्न उत्प्रेरित गरेको उनको भनाई छ । ‘शिक्षा लिनका लागि जो लालाहित छन्, देश निर्माणका लागि अगाडि जुटेका छन्, समाजसेवामा जुटेका छन्, धर्मसंस्कृतिको सेवामा जुटेका छन्, यि सबैलाई लेखकले असल बनेर नेपाल देशको सेवा गर्न उत्प्रेरित गर्नुभएको छ ।’ साहित्यकार भट्टराईले भने ।

कविताहरूमा भावनाको निखार छ । भावनाको तिखार छ । भावनाको मश्रिल अनुभूति भएको बताउँदै भट्टराईले कविको कलमले, अनुभूतिले देशलाई, उँचो बनाउन मद्दत पुगेको बताए ।
बालबालिकाहरू, वृद्धहरू, युवाहरूले देशलाई माया गरेर अगाडि बढ्नुपर्छ भन्ने उद्देश्यले नै ‘हिमालको देश मेरो’ कविता संङ्ग्रहको रहेको बताए ।

त्यस्तै अर्का समीक्षक रमेश शुभेच्छुले फरक शैलीका कविताहरूले कविले क्षमता प्रदर्शन गरेको बताए । उनले भने, १४ वटा बाल कविताहरू छन् । ४ वटा प्रौढ कविताहरू छन् । २८ वटा गीति कविताहरू छन् । यि तिनवटै शैलीका कवितामा कविले क्षमता प्रदर्शन गर्नुभएको छ ।’

कवि प्राध्यापक भएकाले बालकविताहरूमा बालकालिकाहरूलाई नैतिक उपदेशको पक्षलाई बढी महत्त्व दिएको समीक्षक शुभेच्छुले बताए ।

देशभक्तिको पक्ष बालबच्चालाई सिकाउने प्रयत्न पनि गर्नुभएको छ । सत्चरित्र निर्माण गर्ने पक्षलाई उहाँले महत्त्व दिनुभएको छ शुभेच्छुले भने, ‘केटाकेटी र बुढाबुढीमा विभेद राख्नुहुँदैन, ठूलो र सानो जात हुँदैन भन्ने विभेदको अन्त्यको चाहना कविले राख्नुभएको छ ।’

देशमा भएका साना–साना घटनाहरूलाई कवितामा समेट्ने प्रयत्न गरेको शुभेच्छुको भनाई छ ।
गीति कवितामाभन्दा अन्य कवितामा मानवताको भावना रहेको रहेको बताउँदै शुभेच्छुले प्रेम प्रणयेका संयोगात्मक र वियोगात्मक पक्षहरू पनि कवितामा रहेको बताए ।
उक्त कविता संङ्ग्रहलाई उर्वर साहित्य समाजले प्रकाशनमा ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *