अन्तिम समयमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

Sharing is caring!

चैत २३, २०७५ । शनिबार दिउँसो १ बजेका लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।

पार्टीको केन्द्रीय कार्य सम्पादन समिति गठन गर्ने मुख्य एजेन्डासहित पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठकका लागि बोलाइएको थियो । तर, अन्तिम समयमा आएर बैठक स्थगित भएको हो ।

शुक्रबार सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच केन्द्रीय कार्य सम्पादन समिति गठन गर्ने सहमति जुटेको बताएपनि सो सहमतिमा नेता कृष्ण सिटौलाले असहमति जनाएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *