छात्रामाथी दुव्र्यवहार गरेको आरोपमा प्रिन्सिपल पक्राउ

Sharing is caring!

भदौ १४, २०७५ ।  बुटवलमा रहेको एक निजी बिद्यालका प्राचार्यले आफ्नै स्कुलको होस्टेलमा बस्दै आएकी कक्षा १० मा अध्ययनरत एक छात्रामाथि अभद्र व्यबहार गर्ने, गोप्य अङ्गहरु छुने, छात्राहरूलाई राती एक्लै बोलाएर बलात्कारको प्रयास गर्ने गरेको आरोप अभिभावक तथा स्थानीयले लगाएका छन् ।

नहरपुरमा रहेको ज्ञानपुञ्ज सेकेन्डरी ईङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल तोयाराम पौडेललाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको हो । होस्टेलमा बस्दै आएकी बुटवल ११ नहरपुरकी गुरुङ थरगरेकी एक छात्राले आफ्नो आमाबुबासंग प्रिन्सिपल पौडेलले गरेको दुब्र्यवहारका बारेमा बताएपछि सो बिद्यालयमा स्थानीयले नाराबाजी गर्दै घेरेका छन् ।

उनीहरुले पौडेललाई कारबाहीको माग गरेका छन् । घटनाको अनुसन्धान गर्न बाँकीनै रहेको र विद्यालयका प्रिन्सिपललाई नियन्त्रणमा लिईएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक अमर थापाले बताए ।

अहिले बिद्यालयमा पठनपाठन हुन सकेको छैन घटनाबाहिर आएपछि बिद्यालय बन्द गरिएको छ ।

आरोपित पौडेलले भने फसाउने षडयन्त्र गरिएको बताए । यो खबर आजको हिमालय टाइमसबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *