७ प्रदेशका ७ जना उत्कृष्ट कृषकहरुलाई “राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६”बाट सम्मान

Sharing is caring!

भदौ २९, २०७६ । कृषि प्रधान देश नेपालमा पहिलो पटक ७ प्रदेशका उत्कृष्ट ७ कृषकहरुलाई ‘राष्ट्रिय शिखर कृषक अवार्ड’–२०७६’ सम्मान गरिएको छ ।
विगत एक दशदेखि विभिन्न समाजिक कार्य संलग्न शिखर नेपालको आयोजनामा एक समारोहका विच राष्ट्रिय सभा गृहमा नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेरलले ७ प्रदेशका ७ जना उत्कृष्ट कृषकहरुलाई “राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६” बाट नगद पुरस्कारसहित सम्मान गरेका थिए ।

सो सम्मानबाट प्रदेश १ बाट विशाल राई, विशाल कृषि फर्म, विर्तामोड, प्रदेश २ बाट रामआशिष प्रसाद गुनियाँ, श्री कृषि फर्म सेन्टर पर्सा, प्रदेश ३ बाट नवराज आचार्य, वाग्मति गोट फिड्स प्रा.लि.धार्के, धादिगं, प्रदेश ४ बाट घनश्याम तिमिल्सीना हेम्जा गाई फर्म कास्की, प्रदेश ५ बाट दलबहादर खत्री लेकाली व्यवसायिक बाख्रा पालन तथा दाना उद्योग प्युठान, प्रदेश ६ बाट डिल्लीबहादुर नाथ डाफेँ भैसी पालन फर्म, रुकुम पश्चिम र प्रदेश ७ बाट ठगुनुदेवी चौधरी कार्प ह्याचरी, कैलालीले नगद १५- १५ हजार रुपैयाँ र अर्वाड र सम्मानपत्रसहित फुलमालले सम्मानित गरिएको थियो ।

सो अवसरमा बोल्दै उप्रधानमन्त्री पोख्रेरलले सरकारले कृषिलाई खुसी नेपाल समृद्ध नेपालीको पहिलो प्रथामिकतामा राखेका बताए । उनले कृषि प्रधान देश भनेर आयात गर्नु दुख भएको भन्दै अब कृषिलाई निर्यात गर्ने गरि काम गर्ने बताए ।

यस्तै सोही अवसरमा बोल्दै कृषि तथा पशुपंक्षि मन्त्रालयकी राज्यमन्त्री राम कुमारी चौधरीले बास्तकीक किसानहरु छनोट गरि पुरस्कृत गर्ने परम्परा पहिलो पटक सुरु गरेकोमा शिखर नेपाललाई धन्यवाद दिदै कृषकहरुको पक्षमा राज्य पनि गम्भीर भएको बताईन् ।
यस्तै पूर्व उद्योग मन्त्री महेश बस्नेत कृषि उद्योगको रुपमा सञ्चालन सबै क्षेत्र लाग्नुपर्ने बताए ।

सोही अवसरमा बोल्दै नेपाल चलचित्र निर्देशक समाजका उपाध्यक्ष एवं समाजसेवी दिपक खाँडले मुलुकले नै गर्न नसकेको काम शिखर नेपालले गरेको भन्दै यो सम्मानले सबैलाई थप हौसला प्रदान गरेको बताए ।
कृषकहरुलाई प्रोत्साहनसगैँ उनीहरुको क्षमताको कदर गर्ने उद्देश्यसहित ‘राष्ट्रिय शिखर कृषक अवार्ड’–२०७६’ प्रदान गरेका हौँ अध्यक्ष शेखर खनालले भने, आशा छ, सरकारकै सहकार्यमा प्रदान गरिएको यो अर्वाडले कृषि क्षेत्रको विकासमा थप टेवा पुग्ने छ । कृषिको हौसला बढेको छ ।

“शिखर नेपालको राष्ट्रिय अभियान–कृषकहरुको सम्मान” भन्ने नारासहित कृषि तथा पशुपंछि विकास मन्त्रालयको समन्वयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र पुशपंछी विभागको सकृयता विगत १ दशकदेखि समाजिक सेवा लोकप्रिय संस्था शिखर नेपालको आयोजना सो अर्वाड प्रदान गरिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *