प्रतिपक्ष दलले संसदमाथि खेलवाड गर्‍यो : सांसद यादव

Sharing is caring!

साउन २९, २०८० । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले प्रमुख प्रतिपक्षले संसदमाथि खेलवाड गरेको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठक अवरोध पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले संसद जनताले प्रतिनिधित्व गर्ने संस्था भएपनि निरन्तर अवरोध गरेर प्रमुख प्रतिपक्ष दलले खेलवाड गरेको आरोप लगाएका हुन् ।

उनले भने, संसद अवरोध प्रमुख प्रतिपक्ष दलले गरेका छन् । संसदलाई खेलवाडको रुपमा प्रमुख प्रतिपक्षले दलले हेरेको छ । संसद जनताले प्रतिनिधित्व गर्ने संस्था हो । न्यायको मन्दिर हो ।

उनले सुन काण्डमा प्रहरीले छानबीन गरीरहेको भन्दै प्रहरीमाथि विश्वास गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *