सरकार र आन्दोलनरत शिक्षकहरु छलफलमा

Sharing is caring!

असोज ४, २०८० । सरकारले शिक्षासम्बन्धी विधेयकका प्रावधानविरुद्ध आन्दोलनमा उत्रिएका शिक्षकहरुसंग छलफल सुरु गरेको छ । बिहीबार आन्दोलनरत शिक्षक र सरकारबीच बिहान ८ बजेदेखि छलफल सुरु भएको छ ।

छलफलमा सरकारका तर्फबाट उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, शिक्षा सचिव सुरेश अधिकारी रहेका छन् ।

यस्तै, आन्दोलनरत शिक्षकका तर्फबाट शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरु सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *