सभामुखले पक्षपातपूर्ण व्यवहार गरे, सदन हाइज्याक भयो : सभापति लामिछाने

Sharing is caring!

साउन २९, २०८० । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा सभामुखले पक्षपाति व्यवहार गरेको आरोप लगाएका छन् ।

सोमबार सदन अवरुद्ध भएपछि संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सभामुखको क्रियाकलाप यो सचिवालयको यो क्रियाकलाप यो सदन हाइज्याक भएकै हो । सदनलाई हाइज्याक गरिएकै हो ।

उनले भने, संसद हाइज्याक गर्न पाईदैन् । त्यो सम्मान कायम राख्न सक्नु पर्छ दल छोडेर संसद छिरिसकेपछि । दलको बन्न पाइदैन् । व्यवहारले पनि पाईदैन् । क्रियाकलापले पनि पाइदैन् । भित्रिरुपमा पनि पाइदैन् बाहिरि रुपमा पनि पाँइदैन् ।

उनले भने, यसले लोकतन्त्रको मान्यतामाथि कुठारा घात हुन्छ । ठुलो ठेस लाग्छ । नियोजितरूपमा सदन हाइज्याक गरेर जनताका आवाज उठान गर्न नसकिएको भन्दै आफ्नो पार्टीले गम्भीर ढंगले त्यसको जवाफ दिन बाध्य हुने चेतावनी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *