एमालेको विरोधपछि प्रतिनिधिसभाको बैठक एकहप्तालाई स्थगित

Sharing is caring!

साउन २९, २०८० । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीपछि प्रतिनिधिसभाको बैठक एक हप्ताका लागि स्थगित भएको छ ।

सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै एमालेका सांसदहरुले उठेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले भदौ ३ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

संसद अवरोध खोल्ने विषयमा सभामुख देवराज घिमिरेले यसअघि पटक पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसहितको बैठक राखे पनि सहमति हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *