संघीय संसद बैठक : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल

Sharing is caring!

फागुन १४, २०८० । संघीय संसद्अन्तर्गत प्रतिनिधि र राष्ट्रिय दुवै सभाको बैठक आज बस्दै छ ।

प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक ११ बजेर १ मिनेटमा शुरु हुनेछ । दुवै सभाका बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्रको व्यहोरा सभामुख देवराज घिमिरे र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाउने सम्भावित कार्यसूचीमा उल्लेख छ।

यसपछि राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक, २०८०’ का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने र ‘विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस’ भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
यस्तै, बैठकमा अर्थिक वर्ष २०८१ ÷८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा राखिएको छ। उक्त विधेयक अर्थमन्त्री डा. प्रकाश शरण महतले सभामा छलफलका लागि प्रस्तुत गर्नेछन् ।

राष्ट्रिय सभामा आज विधायन व्यवस्थापन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिका तर्फबाट सभापति द्वयले दुई वटा अध्ययन प्रतिवेदन पेश गर्दैछन् । विधायनकी व्यवस्थापनकी सभापति जयन्ती देवी राईले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७९-८० तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापा (पार्वती)ले ‘राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्व को अवस्था अध्ययन प्रतिवेदन, २०८०’ पेश गर्ने कार्यसूती रहेको संसद सचिवालयले जनाएको छ ।

साथै आजकै बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘अध्यागमन विधेयक, २०७६ फिर्ता गरियोस’ भन्ने प्रस्ताव राष्ट्रिय सभामा प्रस्तुत गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *