‘हाम्रो देश नेपाल, हामी नेपाली’ गीतको म्युजिक भिडियो सार्वजनिक

Sharing is caring!

भदौ २८, २०७६ । गीतकार गोपाल पी. खनालको ‘हाम्रो देश नेपाल, हामी नेपाली’ नामक नयाँ गीतको म्युजिक–भिडियो आज सार्वजनिक भएको छ ।

शनिबार रिपोर्टर्स क्लबमा एक समारोहकाबीच बरिष्ठ गीतकार तथा कवि रत्नशमशेर थापा, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा प्रा.डा. गोविन्दराज पोखरेल, प्राध्यापक डा. गोविन्द प्रसाद आचार्य, संगितकार वसन्त सापकोटा र पत्रकार ऋषि धमलाले संयुक्त रुपमा उक्त म्युजिक–भिडियोको विमोचन गरिएको हो । उक्त म्युजिक भिडियोको उत्पादन आश्रम म्युजिक सेन्टरले गरेको हो भने गीतलाई ‘हाईलाईट्स नेपाल’ नामक युट्युव च्यानलमार्फत बजारमा ल्याईएको हो ।

कमल किरणको स्वर रहेको उक्त गीतमा वसन्त सापकोटाले संगित भरेका छन् । त्यस्तै, गीतको एरेन्ज भने प्रदीप श्रेष्ठले गरेका हुन् । गीतमा कोरियोग्राफी भने केशु पुनले गरेकी हुन् । भिडियोको सम्पादन नवीन घर्तीमगरले गरेका हुन भने निर्देशन हेमराज आश्रम र सह–निर्देशन आश्रम म्युजिकको रहेको छ ।

भिडियो हेर्न क्लिक गर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *