रियालिटी शो ‘र्‍याप ब्याटल नेपाल’ आयोजना हुने

Sharing is caring!


पुस २५, २०८० । र्‍‍याप गीतको रियालिटी शो ‘र्‍‍याप व्याटल नेपाल’ आयोजना हुने भएको छ ।


युजिसा इन्टरनेशलको आयोजना र राज्य मिडिया नेटवर्कको सह–आयोजनामा शो हुन लागेको हो । आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै यसको जानकारी गराएका हुन् । आयोजकका अनुसार शो एपीवान टेलिभिजनबाट प्रसारणमा आउनेछ ।


युजिसा इन्टरनेशलका कार्यकारी निर्देशक सानु खनालका अनुसार फेबु्रअरीबाट अडिसन शुरु हुने छ । उनका अनुसार टेलिभिजनमा अप्रिलबाट र्‍‍याप ब्याटल नेपाल प्रसारण हुनेछ ।


‘शोमा नेपाली सांगीतिक क्षेत्र र बलिउडका संगीतकर्मी निर्णायक हुनेछन्,’ उनले भने ।


राज्य मिडिया नेटवर्कका अध्यक्ष एवं इभेन्ट सल्लाहकार सरोज ओझाले युवासहित सबै किसिमका दर्शकलाई सांगीतिक माहोलमाझ रम्ने वातावरण उक्त शोले दिने दाबी गरे ।


शोको अडिसन काठमाडौं, पोखरा, झापा, इटहरी, चितवनसहित भारतको दार्जिलिङ, सिलिगुडी र सिक्किममा हुनेछ । शोका इभेन्ट निर्देशक डेभिल सिंह राजपुतले शोको अडिसन दार्जिलिङमा माघ २५, सिक्किममा माघ २७, सिलिगुडीमा माघ २९, झापामा फागुन २, इटहरीमा ५, चितवनमा ९, पोखरामा १२ र काठमाडौंमा १८ र १९ गते गरिने बताए । उनले विश्वभर छरिएर रहेका नेपालीभाषीहरुको लागि डिजिटल अडिसन गरिने जानकारी दिए ।


एपीवान टेलिभिजनका समाचार प्रमुख निरजराज जोशीले शोको सफलताको कामना गर्दै टेलिभिजनले शोलाई सफल पार्न सहयोगीको भूमिका निर्वाह गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *