प्रख्यात भारतीय गजल गायक पंकज उधासको निधन

Sharing is caring!

फागुन १४, २०८० । भारतीय प्रख्यात गजल गायक पंकज उधासको ७२ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए ।

पंकजको परिवारले एक विज्ञप्ती जारी गर्दै उनको निधनको पुष्टि गरेका छन् । ‘ठूलो भारी मनले, हामी तपाईंलाई लामो बिरामीका कारण २६ फेब्रुअरी २०२४ मा पद्मश्री पंकज उधासको दुःखद निधनको जानकारी दिँदै दुःखी छौं । पंकज के बिरामी थिए भन्ने जानकारी हामीले अहिलेसम्म पाएका छैनौं’, विज्ञप्तीमा भनिएको छ ।

पंकज गजल गायनमा विश्वकै एक ठूला नाम थिए । उनले ‘चिठ्ठी आई है’ गजलबाट लोकप्रियता पाएका थिए । यो गजल सन् १९८६ मा रिलिज फिल्म ‘नाम’मा राखिएको थियो ।

उनका गजलहरु ‘ये दिल्लगी’, ‘फिर तेरी कहानी याद आई’, ‘चले तो कट ही जाएगा’ र ‘तेरे बिन’ हिट छन् । उनका ‘जिये तो जिए कैसे’, ‘चाँदी जैसा रंग है’लगायतका गजल पनि हिट छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *