आज आठ संसदीय समितिको बैठक बस्दै

Sharing is caring!

फागुन १५, २०८० । मंगलबार एकै दिन आठ वटा संसदीय समितिको बैठक बस्दैछ । महिला तथा सामाजिक मामिला समितिमा आज अन्तरजातीय, अन्तरभाषिक, अन्तरधार्मिक, अन्तरसांस्कृति सष्णिुता प्रवद्र्धनका विषयमा छलफल हुँदैछ ।

त्यस्तै, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधिमा नेपाल विश्वविद्यालयसम्बन्धी विधेयकमा छलफल हुने कार्यसूची रहेको छ भने दिगो विकास तथा सुशासन समितिमा सुशासनका लागि विधिको शासन र संसद्को भूमिका विषयमा छलफल गर्ने कार्यसूची छ ।

आजै सार्वजनिक लेखा समिति, राष्ट्रिय सरोकार समिति, पूर्वाधार विकास समिति, अर्थ समिति र कानून न्याय तथा मानव अधिकार समितिले विविध विषयमा छलफलका लागि बैठक बोलाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *