एमाले अध्यक्ष केपी ओली नाचेको चुनावी गीत सार्वजनिक

Sharing is caring!

वैशाख १८, २०७९ ।  पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नाचेको भिडियो सार्वजनिक भएको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै नेकपा एमालेको नयाँ चुनावी प्रचार गीत सार्वजनिक गरिएको हो ।

रामप्रसाद अवस्थीको शब्द र संगीतमा तयार पारिएको उक्त गीत अवस्थी र पूर्णकला बिसीले गएका छन् । ‘सूर्यमै भोट हालौं’ बोलको गीतका एरेन्जर विनोद बाजुरेली हुन् । “परमादेशको गठबन्धन फालौं यसपालि त सूर्यमै भोट हालौं” जस्ता शब्दहरु पनि सो गीतमा रहेका छन् । गीतमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा भएका महत्पूर्ण कार्यहरुको बारेमा चर्चा गरिएको छ । जसमा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि छमछमी नाचेका छन् ।अवस्थी नेकपा एमाले निकट कलाकारहरूको संगठन राष्ट्रिय जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य हुन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरूले मतदाता तान्न धमाधम भिडियोसहितका गीत पनि निकाल्न थालेका छन् । २०७४ सालमा सम्पन्न अघिल्लो स्थानीय तह निर्वाचनमा पनि एमालेले ‘सही पनि एमाले मै पनि एमाले’ बोलको गीत ल्याएको थियो । बद्री पंगेनी र प्रिया भण्डारीले गाएको सो गीत एमालेको पक्षमा जनलहर ल्याउन सफल भएको थियो ।

यही वैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *