बक्स अफिस: ‘रेस ३’ ले १०० करोड कमायो, के जित्ला ३०० करोडको रेस ?
असार ४, २०७५ । सधैं जसो सलमान खानले यस पटक पनि साबित गर्यो कि उनी बलिउडमा बक्स अफ दि म्याच हुन् । ‘रेस ३’ को भव्य प्रदर्शनपछि, दर्शकहरूको क्रेज झन् बढ्दै गईरहेको छ । फिल्मले ३ दिनमा १०० करोड रुपैयाँको व्यापार गरिसकेको छ ।
‘रेस ३’ ले ३ दिनमै १०० करोडको क्लबमा प्रवेश गर्नु सलमान खानको यो चौथो चलचित्र साबित भएको छ । यस सूची भन्दा पहिला ‘बजरंगी भाईजान’, ‘सुल्तान’, ‘ट्यूबलाइट’, ‘टाइगर जिन्दा है’ छन् ।
फिल्म विश्लेषक तरण आदर्शले ‘रेस ३’ को कमाईको बारेमा ट्वीट गरेका छन् ।
पहिलो सप्ताहमा राम्रो कमाई पछि, ‘रेस ३’ ले बक्स अफिसमा ठूलो चुनौतीको सामना गर्नु पर्ने देखिन्छ ।
किन कि आउने हप्ता २९ जूनमा रणबीर कपूरको मोस्ट अवेटेड फिल्म ‘सञ्जू’ को रिलिज हुदैछ ।